सुशासन समितिको सभापतिबाट राजीनामा दिएका खतिवडा सुनुवाइ समितिको सभापति पदमा निर्विरोध चयन

काठमाडौं, २० भदौ । संघीय निजामति सेवा विधेयकमा कुलिङ अफ पिरियडको व्यवस्थामा भएको गडबढि सम्बन्धमा छानबिन गर्न गठित समितिले खतिवडालाई नैतिक र राजनीतिक जिम्मेवार ठहर गरेपछि राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएका नेपाली कांग्रेसका सांसद रामहरी खतिवडा संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापति पदमा निर्विरोध चयन भएका छन् ।
समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा शुक्रवार बसेको बैठमा उनलाई निर्विरोध चयन भएको घोषणा गरिएको हो ।

यस अघिकी सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि रिक्त सभापति पदमा खतिवडाको एकल उम्मेदवारी परेको थियो ।

बैठकमा सांसद श्यामकुमार घिमिरेले खतिवडालाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रश्तावलाई नेकपा (एमाले)का सांसद महेश बर्तौलाले समर्थन जनाए ।

खतिवडा यसअघि राज्य व्यवस्था समितिका सभापति थिए ।

प्रतिक्रिया दिनुहोस्