चोटग्रस्त सालाह तीन साता पछि फर्कने अपेक्षा
एजेन्सी । शनिबार रियल म्याड्रिडसँगको च्याम्पियन्स लिग फाइनलको दौरान रियलका सर्जियो रामोससँग ठोक्किएर चोटग्रस्त भएका लिभरपुलका मोहम्मद सालाह तीन सातापछि मैदान फर्कने अपेक्षा गरिएको छ ।
तीन सातामा उनको पुनरागमन हुन सक्ने इजिप्ट फुटबल संघले जनाएको छ । जसले टोलीको विश्व कप चुनौति मजबुत हुने अपेक्षा गरिएको छ ।
रियल म्याड्रिडसँगको च्याम्पियन्स लिग फाइनल खेलमा आधा घण्टामात्र मैदानमा रहेका सलाहले विश्वकप खेल्ने नखेल्ने विषयमा विश्वव्यापी चर्चा चलिरहेको बेला सलाहको अनुपस्थिति नै लिभरपुलको हारको कारण रहेको पनि विश्लेषकहरुको ठम्याई छ ।
उनको उपचार इजिप्सियन राष्ट्रिय टोलीका चिकित्सकहरुले गर्नेछन् । इजिप्ट फुटबल संघले ट्विट गर्दै साहाल तीन सातामा ठिक हुने अपेक्षा राखेको छ । इजिप्ट फुटबल संघको अनुसार उनले विश्वकपमा आफ्नो स्थान पक्का गरेका छन् ।
जुन १५ मा उरुग्वेविरुद्ध हुने विश्व कपको पहिलो खेलमा सालाह खेल्ने सम्भावना कम छ । तर उनी आयोजक रसियाविरुद्ध हुने समूह चरणको दोस्रो खेलमा भने फर्कने अपेक्षा गरिएको छ । समूह चरणमा सलाहले अन्तिम खेलसम्म पुनरागमन गरेपनि इजिप्टले अर्को चरणमा पुग्ने आशा राखेको छ ।
प्रतिक्रिया दिनुहोस्