झापा इनर्जीको आइपीओ आजबाट बिक्री खुला

काठमाडौं, २० भाद्र । झापा इनर्जीले सर्वसाधारणका लागि आज भदौ २० गतेदेखि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले यस अघि आयोजना प्रभावित स्थानिय तथा बैदेशिक रोजगारीमा रहेका विदेश गएकाहरुका लागि सेयर बाँडफाँड गरि सकेको छ ।

कम्पनीले सामूहिक लगानी कोषका लागि १०० रुपैयाँ अंकित दरका २८ हजार ५१४ कित्ता र कर्मचारीका लागि ११ हजार ४०६ कित्ता छुट्याएको छ । बाँकी ४ लाख ७३ हजार ३३६ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयहरुबाट तथा सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

यस आइपीओ निष्कासन बन्द छिटोमा भदौ २४ गते र ढिलोमा असोज ३ गते हुनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्