निफ्राले गर्यो नगद लाभांश घोषणा

काठमाडौं,२० भदौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

इन्फ्रास्ट्रक्चर बैंकले हाल कायम चुक्ता पूँजीको ६.३१ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकको भदौ १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालयबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा नगद लाभांश वितरण गरिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्