तनहुँमा सवारी दुर्घटना, एक घाइते अर्का एक जनाको मृत्यु
काठमाडौं,१८ भदौ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा गए राति दुई स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका ३२ वर्षीय विजय थापाको उपचारको क्रममा मृत्यु भयो । सोहि दुर्घटना अर्का घाइते १९ वर्षीय प्रविण क्षेत्रीलाई उपचारका लागि पोखरा पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आशिष विश्वकर्माका अनुसार पोखराबाट दमौलीतर्फ आइरहेको स्कुटर र विपरीत दिशाबाट आइरहेको स्कुटर एकापसमा ठोक्किँदा म्याग्दे गाउँपालिका–७ का ३२ वर्षीय विजय थापाको मृत्यु भएको हो ।
गम्भीर घाइते थापाको उपचारका क्रममा दमौलीस्थित प्रदेश अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा अर्को स्कुटर चालक वर्षीय प्रविण क्षेत्री घाइते भएका छन् । उनलाई उपचारार्थ पोखरा पठाइएको छ ।















प्रतिक्रिया दिनुहोस्