४ करोड नगद भेटिएको घरमा करिब ३ केजी सुनका गहना फेला
काठमाडौं, १७ भदौ । गोंगबु टाउन प्लानिङ स्थित ४ करोड नगद भेटिएको घरमा करिब ३ केजी सुनका गहना फेला परेको छ ।
काठमाडौँ महानगरपालिका–२६ स्थित विनोद श्रेष्ठको घरबाट करिब ३ केजी गहना पनि बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । बोहराले भने, ‘अहिलेसम्म ३ केजी पुगेको छ, तौलिने काम हुँदै छ ।’
प्रहरीले अवैध रकम र सुन राखेको आरोपमा गोरखा नगरपालिका वडा नम्बर–१ घर भएका ७६ वर्षीय विनोद श्रेष्ठलाई पक्राउ गरेको छ ।















प्रतिक्रिया दिनुहोस्