प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित तामाङ भाषाको पत्रिका याम्बुलिङ लोकार्पण ।

काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानले मातृभाषाको प्रवर्द्धन गर्ने उद्देश्यले तामाङ भाषाको पत्रिका ‘याम्बुलिङ’ पहिलोपटक प्रकाशन गरेको छ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई लगायतले २०८२ साल भदौ १५ गते आइतवार उक्त पत्रिकाको लोकार्पण गर्नुभएको थियो। उहाँले ‘ नेपालका सबै भाषा नेपाली भाषा हुन्, उपत्यका वरिपरि बसोबास गर्ने तामाङ भाषाको प्रवर्धनका लागि लेख्य परम्परा कायम होस् भन्ने लक्ष्यले याम्बुलिङ प्रकाशन’गरिएको बताउनुभएको थियोे । उहाँले ‘भाषा जोगाउन प्रतिष्ठानले गरेको यस्तो प्रयासले मात्रै काम गर्छ तर समुदायले पनि भाषा जोगाउने अभ्यासका लागि काम निरन्तर गर्नुपर्ने’मा जोड दिनुभएको थियोे।

नेपाल प्रज्ञा-प्रतिष्ठान प्राज्ञ परिषद् सदस्य तथा साहित्य, मातृभाषा विभाग प्रमुख राजन मुकारुङले ‘याम्बुलिङ’गरी प्रतिष्ठानले आठवटा मातृभाषामा पत्रिका प्रकाशित गरेको बताउनुभएको थियोे । उहाँले ‘मोरङ, झापा लगायतका क्षेत्रमा बोलिने तर लोपोन्मुख अवस्थामा रहेका १० वटा मातृभाषालाई समेटेर एकवटा साझा पत्रिका यथाशीघ्र प्रकाशित हुँदै छ भन्ने जानकारी दिनुभएको थियोे ।

नेपाल प्रज्ञा- प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले प्रतिष्ठानमा बजेट न्युन भएपनि मातृभाषा संरक्षणका लागि हौसला दिन मातृभाषामा पत्रिका प्रकाशन भइरहेको बताउनुभएको थियोे ।

याम्बुलिङका कार्यकारी सम्पादक इन्द्र तामाङ र सम्पादक मण्डलका सम्पादक सदस्य रचना मोक्तानले आआफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्