दुई संसदीय समितिको बैठक आज पनि बस्दै

काठमाडौँ, १६ भदौ । प्रतिनिधि सभाको विभिन्न समिमितहरुमध्ये दुई संसदीय समितिको बैठक आज पनि बस्दै छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘नेपाल पशु चिकित्सा परिषद् ९पहिलो संशोधन० विधेयक, २०८२’ सम्बन्धी विषयमा सरोकारवालासँग छलफल हुने संसद सचिवालयले जनाएको छ ।

सोही समयमा विधायन व्यवस्थापन समितिको बैठकमा ‘सङ्घीय निजामती विधेयक, २०८० को मस्यौदा प्रतिवेदन’मा छलफल हुने जनाइएको छ। दुवै समितिको बैठक बिहान ११ः३० बजे बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्