रुपन्देही– ३ उपनिर्वाचका लागि रास्वपाबाट डा.लेखजंग थापा उम्मेदवार बन्ने
काठमाडौं, १५ भदौ । रुपन्देही– ३ उपनिर्वाचका लागि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट डा लेखजंग थापा उम्मेदवार बन्ने भएका छन् ।
आगामी कात्तिक १७ गते हुने उक्त निर्वाचनमा सिद्धार्थनगर–९, अञ्चलपुरमा जन्मिएका डा। थापा प्राइमरी इलेक्सन, लिडरशिप एकेडेमी, पोलिटिकल प्रोग्जोमिटीमा विधिबाट अन्य ८ जनालाईपछि पारेर उम्मेदवार छनोट हुन सफल भएका हुन् ।
उपनिर्वाचनका लागि सिद्धार्थनगर–९ का थापासहित सुलभ खरेल (बुटवल–१६), पार्थिवेन्द्र उपाध्याय सिद्धार्थनगर–७), ज्ञानु पौड्याल (सिद्धार्थनगर–८), जीतबहादुर गुप्ता (सिद्धार्थनगर–१), कुसुम महर्जन (मध्यपुर ठिमी– ६ भक्तपुर), रचना क्षेत्री (सिद्धार्थनगर–३), पुनमकुमारी अग्रवाल (सिद्धार्थनगर–८) र मधुप्रसाद अर्याल (बुटवल–१७ रुपन्देही) आकाङ्क्षी रहेका थिए । उनीहरुमध्ये थापा रास्वपाको प्राइमरी इलेक्सनबाट निर्वाचित भएका हुन् ।
सिद्धार्थनगर–९, अञ्चलपुरमा जन्मिएका डा। थापा वरिष्ठ न्युरोलोजिस्ट र सामाजिक अभियन्ता हुन् । उनले नेपाली न्युरो साइन्सको विकास र बिरामी उपचारमा १६ वर्षभन्दा लामो समय बिताएका छन् ।















प्रतिक्रिया दिनुहोस्