शेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौं,१५ भदौ । आज नेप्से दोहोरो अंकले घटेर बन्द भएको छ । शेयर बजार नेप्से परिसूचक ३१ दशमलव १७ अंकले घटेर २,७४९ को विन्दुमा कायम भएको छ । आज २१ कम्पनीको शेयर मूल्य बढेको छ भने २२८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज ३२१ कम्पनीको १ करोड ४८ लाख ५ हजार ५६९ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६ करोड माथिको शेयर कारोबार भएको छ । आज क्रमश् सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । यस कम्पनीको ४५ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २८ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको २६ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल रिपब्लिक मिडियाको २१ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ६ दशमलव ७७ प्रतिशतका दरले कमाएका छन् । आशा लघुवित्तका लगानीकर्ताले ४ दशमलव १६ प्रतिशतका दरले कमाएका छन् । माछापुच्छ्रे डिबेञ्चर २०८७ का इकाईधनीले ३ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् ।
आज ग्लोबल आइएमई समुन्नत योजना २ का इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।















प्रतिक्रिया दिनुहोस्