चन्द्रकुवेर खापुङ नेपाल प्रहरीको ३२औं आईजीपी मानियुक्त
काठमाडौं, १३ भदौ । नेपाल प्रहरीको ३२औं महानिरीक्षक (आईजीपी) मा चन्द्रकुवेर खापुङ नियुक्त भएका छन् । उनलाई शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आईजीपी नियुक्त गरेको हो ।
हाल केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०मा रहेका खापुङले १९ भदौदेखि प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हाल्नेछन् । आफ्नो ब्याचका एकल प्रतिस्पर्धी रहेका खापुङ आफूलाई भाग्यमानी प्रहरीको रूपमा लिएको छन् । प्रहरीमा भर्ती हुन्छु भन्ने सोचसमेत नबनाएका खापुङ अहिले प्रहरीको सर्वोच्च कमान्डर बनेकाले उनी आफूलाई भाग्यमानी रुपमा लिएका हन् ।
उनी २०४३ सालमा अध्ययन गर्न भनेर तेह्रथुमबाट काठमाडौं आइपुगेका थिए । २०४३ सालमा नेपाल ल क्याम्पसमा भर्ना हुँदा म्याद सकियो भन्दै उनी फर्काइए । भर्नाको लिस्टमा नाम निस्केको थियो । तर म्याद सकिएको भन्दै उनी फर्काइए । नाम निस्किँदा पनि गाउँमै रहेकाले समयमै भर्ना हुन नपाएको उनी सम्झन्छन् ।















प्रतिक्रिया दिनुहोस्