आज ल्का देखि मध्यम वर्षा, शनिबार मनसुनको असर केही कम हुने

काठमाडौं, १३ भदौ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ।

देशभर साधारणतया बदली रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान मशमहाखाले जनाएको छ ।

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले परिरहेको पानी शनिबारबाट केही कम हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । आज भने देशका अधिकांश स्थानमा मध्यम वर्षा हुने प्रक्षेपण छ ।

बरिष्ठ मौसमविद प्रतिभा मानन्धरले आज शुक्रबार धेरैजसो स्थानमा मध्यम वर्षा हुने र भोलि शनिबार मनसुनको असर केही कम हुने बताइन् ।

उनका अनुसार आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । आज राति भने कोशी र सुदूरपश्चिममा मात्र भारी वर्षा हुने पूर्वानुमान छ ।

साथै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपालतर्फ आइरहेको छ । त्यसैले केही दिनयता बादल लाग्ने र पानी पर्ने भइरहेको छ ।

 

शनिबारबाट भने त्यसमा सुधार हुने प्रक्षेपण छ । अर्का मौसमविद गोविन्द झाले पनि शनिबार मनसुनी गतिविधि केही कम हुने जानकारी दिए । ‘शनिबार नेपालमा मनसुनको गतिविधि तुलनात्मक रुपमा अलिकति कमजोर रहने देखिन्छ,’ मौसमविद झाले भने । वर्षका कारण सडक, खोला, पोखरी, नदीहरुको पानीको वहाव बढ्ने भएकाले सतर्क रहन मोसम विधागले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्