विद्यार्थी र पत्रकार लामो समय अमेरिकामा बस्न नपाउने ट्रम्पको निर्णय
काठमाडौं, १२ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विदेशी विद्यार्थी र पत्रकारलाई संयुक्त राज्य अमेरिकामा लामो समय बस्न नदिने भएको छ । उनीहरुलाई लामो समय बस्नबाट बन्चित गर्ने निर्णय गरेको हो ।
प्रस्तावित परिवर्तनअनुसार विदेशी नागरिकले अमेरिकामा विद्यार्थी भिसामा चार वर्षभन्दा बढी बस्न पाउने छैनन् ।
विदेशी पत्रकारलाई २४० दिनको मात्र बसाइमा सीमित गरिनेछ, यद्यपि उनीहरूले थप २४० दिनको समयावधि बढाउन आवेदन दिन सक्नेछन् ।
यद्यपि, चिनियाँ पत्रकारहरूले केवल ९० दिनको भिसा मात्र पाउनेछन्।















प्रतिक्रिया दिनुहोस्