राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरी न्यौपाने निर्विरोध चयन
काठमाडौं, ११ चदौ । राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेसकी ईश्वरी न्यौपाने निर्विरोध चयन भएकी छन् । सत्ता गठबन्धनको तर्फबाट न्यौपानेको एकल उम्मेदवारी परेको थियो । निर्वाचन समितिले सभापतिमा कांग्रेसकी ईश्वरी न्यौपाने निर्विरोध चयन घोषणा गरिएको हो ।
निवर्तमान सभापति रामहरि खतिवडालगायतका समिति सदस्यले न्यौपानेलाई समिति बैठकमा खादासहित बधाई दिए । निजामती विधेयकको कुलिङ पिरियड छेडखानीमा संसदीय छानबिन समितिले नैतिक जिम्मेवार ठहराएसँगै खतिवडाले राजीनामा दिएपछि सभापति पद रिक्त थियो ।
नेपाली काँग्रेस पार्टीको निर्णय अनुसार संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएर न्यौपानेले राज्य व्यवस्था समितिमा उम्मेदवारी दिएकी थिइन् ।
कांग्रेसको समानुपातिक सांसद रहेकी न्यौपानेलाई कांग्रेसले यसअघि सभामुखको उम्मेदवार पनि बनाएको थियो । चार दशकभन्दा लामो राजनीतिक यात्रामा अनेकौँ उकाली(ओराली पार गर्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य ईश्वरीदेवी न्यौपानेले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको जिम्मेवारी सम्हालेकी छन् ।
संसदीय सुनुवाइ समितिको सभापतिबाट मङ्गलबार राजीनामा दिँदै उनले राज्य व्यवस्था समितिको नेतृत्व लिएकी हुन् । उनले राज्यमन्त्रीसरहको सुविधा पाउने छिन् ।















प्रतिक्रिया दिनुहोस्