बन्दिपुर केवलकारको आईपीओमा आजदेखि आवेदन खुला
काठमाडौं,११ भदौ । बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि साधारण शेयर निष्काशन गरेको छ । कम्पनीले कुल ४३ लाख ४१ हजार ८० कित्ता शेयर जारी गरेको हो । यसअघि कर्मचारी र सामुदायिक प्रभावित समूहलाई शेयर छुट्याइएपछि बाँकी शेयर सर्वसाधारणका लागि खुला गरिएको हो ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यसका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै, लगानीकर्ताले मेरो शेयरमार्फत पनि सजिलै आवेदन दिन सक्नेछन्।
केवलकारको यस आईपीओ छिटोमा भदौ १५ गते र ढिलोमा भदौ २५ गतेसम्म खुला रहनेछ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले रहेको छ । बन्दिपुर केवलकारले तनहुँको बन्दिपुर क्षेत्रमा पर्यटन र पूर्वाधार विकासलाई प्रोत्साहन गर्ने उद्देश्यसहित शेयर निष्काशन गरेको जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्