सुशासन समितिको सभापतिको उम्मेदवार ईश्वरीदेवी न्यौपानेलाई बनाउने काँग्रेसको निर्णय
काठमाडौं, १० भदौ । नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापतिको उम्मेदवारमा ईश्वरीदेवी न्यौपानेलाई बनाउने निर्णय गरेको छ । मंगलबार बसेको कांग्रेस पदाधिकारी बैठकले समितिका सदस्य समेत रहेका न्यौपानेलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
पार्टी पदाधिकारी बैठकले निर्णय गरेको र आफूलाई उम्मेदवारी दिन भनिएको न्यौपानेले जानकारी दिइन् ।
उनले भनिन्, ‘पार्टी पदाधिकारी बैठकले निर्णय गरेको भन्ने सुनियो । अहिले घरबाट निस्किदैँ छु, आधा घण्टापछि उम्मेदवारी दर्ता गर्नु पुग्ने छु र गछर्् ।
समितिका सदस्य दिलेन्द्रप्रसाद बडुलाई सभापति बनाउने तयारी भए पनि अन्तिम समयमा आएर संसदीयु सुनुवाइ समितिका सभापति रहेका न्यौपानेलाई त्यहाँबाट राजीनामा दिन लगाएर राज्य व्यवस्था समितिको सभापति बनाउने पदाधिकारी बैठकले निर्णय गरेको हो ।
यो निर्णय सँगै अब निर्वाचित भएमा राज्य व्यवस्था तथा सुशासन समितिको सभापति महिला हुने भएको छ । समितिको निर्वाचन भदौ ११ गते हुँदैछ ।
यसअघि सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्काले रामहरि खतिवडालाई नै राज्य व्यवस्था समिति सभापतिमा निरन्तरता दिनुपर्ने कुरा राखेका थिए। कुलिङ पिरियडसम्बन्धी त्रुटिमा खतिवडालाई संसदीय समितिले नैतिक जिम्मेवार ठहर्याएको थियो।
खतिवडाले साउन २७ गते पदबाट राजीनामा दिएका थिए।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खतिवडालाई सभापतिमा फेरि पठाउने कुरामा असहमति राखेपछि सभापति देउवाले न्यौपानेलाई सभापति बनाउने प्रस्ताव अघि सारेको र त्यही नाममा सहमति जुटेको ती पदाधिकारीको भनाइ छ।
‘सभापति देउवा पक्षले संस्थापनइतर पक्षका सांसदलाई राज्य व्यवस्था समिति सभापति दिन चाहेन, त्यसैले सभापतिले आफूनिकट न्यौपानेको नाम प्रस्ताव गर्नुभयो र सबैको सहमति रह्यो,’ ती पदाधिकारीले भने।
राज्य व्यवस्था तथा सुशासन समितिमा कांग्रेसका सांसदहरू अम्बिका बस्नेत, गगन थापा, दिलेन्द्रप्रसाद बडू, विश्वप्रकाश शर्मा, सरिता प्रसाईं, हृदयराम थानी, पूर्णबहादुर खड्का, ईश्वरीदेवी न्यौपाने र रामहरि खतिवडा सदस्य छन्।















प्रतिक्रिया दिनुहोस्