ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को प्रतिफल घोषणा

काठमाडौं,१० भदौ । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ ले प्रतिफल घोषणा गरेको छ । फण्डले गत आर्थिक वर्ष २०८१/८२ को लागि प्रतिफल घोषणा गरेको हो ।

क्यापिटलले ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ का इकाईधनीहरुलाई करसहित १२ प्रतिशतका दरले हुन आउने १२ करोड ३० लाख ९१ हजार ६३२ रुपैयाँबराबरको प्रतिफल वितरण गर्ने घोषणा गरेको छ ।

क्यापिटलको सञ्चालक समितिको भदौ ९ गते बसेको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्