आज हरितालिका तीज विशेष महत्त्वका साथ मनाईदै, पशुपतिनाथलगायत देशभरका मन्दिरमा ब्रतालुको भिड
काठमााडौं, १० भदौ । नेपाली नारीहरुको महान पर्व तीज (हरितालिका) पर्व आज विशेष महत्त्वका साथ मनाईदैछ । तीज केवल एउटा पर्व होइन, नेपाली नारीको संस्कृतिको पर्वसँगै शसक्ति करण पनि स्वर पनि हो । वर्षभरि अनेकौँ पर्व आउँछन्, तर तीज आउँदा घर आँगनै रमाइलो हुन्छ, घरभरि राग र रङ घुल्दछ, अनि नारीको सामूहिक आत्मा जागृत हुन्छ ।
आजका दिन पशुपतिनाथ, डोलेश्वर, लगायत देशभरको शिवालयहरुमा व्रतालुनारीहरुको वा भक्तजनहरुको भिड लागको छ । यसको लागि पशुपतिनाथ मन्दिरमा बिहाना ३ बजेदेखी नै ४ वटै ढोका खुलेको छ । भक्तजनहरुलाई दर्शनको लागि छिटोछरीतो र व्यवस्थित बजनाएकोे पशुपति क्षेत्रविकाससमितिले जनाएको छ ।
आजको दिन नारीहरुले परम्पराको सुरिलो तालमा नाच्दै, गीतका भावपूर्ण शब्दहरूमा आफ्ना सपना उकेर्दै, नारीहरू यस दिन आफ्ना पीडा र उमङ्गलाई संसारसँग बाँड्छन् । यस दिन विवाहित र अविवाहित महिलाहरूले तीजको विशेष व्रत बस्ने, देवालय जाने, गीत गाउने, नाच्ने र सामूहिक रूपमा भेला हुने परम्परा रहेको छ । तीज केवल एक धार्मिक अनुष्ठान नभई नेपाली नारीको भक्ति, भावना र स्वाभिमानको प्रतिविम्ब पनि मानिन्छ ।
तीजलाई संस्कृति र परम्पराको धरोहरका रूपमा लिने गरिन्छ । विशेषगरी तीज गीतहरूले नारीको जीवनमा भएका पीडा, सङ्घर्ष र आशाहरूलाई उजागर गर्दछ ।
कतै माइतीघरको तिर्खा पोखिन्छ, कतै मायाप्रेमका सपना झल्किन्छन् । पुराना तीज गीतहरूमा परिवारप्रतिको भावनात्मक सम्बन्ध, माइतीप्रतिको सम्झना र वैवाहिक जीवनका दुःखसुख अभिव्यक्त हुन्छन् ।
आधुनिक समयमा भने यी गीतहरूले नारी अधिकार, स्वतन्त्रता र सामाजिक चेतना फैलाउने काम पनि गरेका छन् । यसरी तीज नेपाली नारीलाई एउटै डोरीमा गाँस्ने सांस्कृतिक उत्सव, सामूहिक आवाज र सांस्कृतिक एकताको माध्यम बनेको छ ।
हरितालिका तीजलाई धार्मिक रूपमा देवी पार्वती र महादेवको कथासँग जोडिन्छ । मान्यता अनुसार देवी पार्वतीले कठोर तपस्या गरी शिवलाई वरका रूपमा प्राप्त गर्नुभएको स्मरणमा महिलाहरूले यो व्रत बस्ने गर्छन् । विवाहित महिलाहरूले आफ्नो वैवाहिक जीवन सुखमय होस् भन्ने र पतिको दीर्घायुको कामना गर्छन् । अविवाहित युवतीले योग्य जीवनसाथी प्राप्त होस् भन्ने विश्वासका साथ तीज मनाउँछन् ।
उपवास, पूजापाठ र भक्ति यस पर्वको प्रमुख धार्मिक पक्ष हुन्, जसले नारीलाई आत्मअनुशासन र आध्यात्मिक उन्नतिको अभ्यास गराउँछ ।
समयको परिवर्तनसँगै तीजले पनि नयाँ स्वरूप लिएको छ ।
गीत, गजल र ग्ल्यामरबीच पनि आस्थाको सुगन्ध हराएको छैन, बरु अझै नारी स्वतन्त्रताको स्वरमा परम्पराको मिठास मिसिएको छ। यसले नेपाली संस्कृति र नारी पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ ।
तीजको गहिरो सौन्दर्य छ जसले नारीलाई आफ्नो कथा भन्न दिने अवसर दिन्छ । यो पर्वमा आस्था छ, संस्कृति छ, आधुनिकताको स्पर्श छ, र सबैभन्दा ठूलो कुरा, सामूहिक आत्मपहिचान छ । तीज नारी मात्रको पर्व होइन, समग्र नेपाली समाजको गौरव हो ।
धार्मिक आस्था, सांस्कृतिक गौरव र आधुनिक चेतनाको सङ्गम भएको तीज आजको पुस्ताका लागि पनि प्रेरणादायी बनेको छ । त्यसैले तीजलाई केवल परम्परागत पर्वका रूपमा नभई नेपाली नारीको सामूहिक पहिचान र आत्मगौरवको पर्वका रूपमा संरक्षण र संवर्द्धन गर्न आवश्यक छ । यसलाई जोगाउनु भनेको हाम्रो आस्था, हाम्रो संस्कृति प्रवद्र्धना गर्दै हाम्रो भवि पुस्तालाई हस्तान्तरसण गर्न आजको आवश्यकता हो । यसले पहुपहिचान बोकेको छ । आज तीज भड्किलो बन्दै गएको प्रति आम मानिसको बुझाई छ । यसलाई सँस्कारमैत्री बनाउनु पर्छ ।















प्रतिक्रिया दिनुहोस्