राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन भदौ ११ गते तय

काठमाडौं। ९ भदौ । रिक्त राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन भदौ ११ गते हुने भएको छ। सोमबार सभामुख देवराज घिमिरेले भदौ ११ गते सभापतिको निर्वाचन हुने समय तालिका सार्वजनिक गरेका हुन् ।

सभामुखको निर्देशनमा संघीय संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेले सूचना निकालेर भदौ ११ गते सभापतिको निर्वाचन हुने जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस्