आज दरखाने दिन, दर खाएर मनाइँदै
काठमाडौं। ९ भदौ । यस वर्षको तीजको रौनक सुरु भएको छ । हरितालिका तीजको अघिल्लो दिन आज दर खाएर मनाइँदै छ । दर खाने दिन परिवार, इष्टमित्र र छिमेकी भेला भएर विभिन्न परिकार खाँदै रमाइलो गर्ने चलन छ । यसले छरछिमेक र इष्टमित्रको भेटघाट र रमाईलो गरि जीजको गितहरु गाउने गरिन्छ ।
दर खाएको भोलिपल्ट तीजको दिन निराहार व्रत बस्ने चलन भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएको खानेकुरा खाने चलन छ ।
परापूर्व कालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ विवाहित महिलाहरु पतिको सुवास्थ्य र दीर्घायूको कामना गर्दै तथा अविवाहिताहरु सुयोग्य बर पाउने कामना गर्दै तीजको व्रत बसी शिवको पूजा गर्ने चलन छ । तीजको दिन काठमाडौंको पशुपतिना, भक्तपुरको डोलेश्व लगायतका देशभरका शिवालयहरुमा व्रतालुको महिलाहरुको घुइँचो लाग्ने गर्दछ । विशेष गरि हिन्दु महिलाहरुको विषेश चाड भएकाले महिलाहरुलाई सरकारले सार्वजनिक विदा दिएको छ ।















प्रतिक्रिया दिनुहोस्