भियतनामका उपराष्ट्रपती भो थि आन सुआन नेपाल भ्रमण आइपुगे
काठमाडौं, ७ भदौ । भियतनामका उपराष्ट्रपती भो थि आन सुआन नेपाल भ्रमण आइपुगेकी छन् ।
समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपती सुआन तीनदिने औपचारिक भ्रमणका लागि शनिबार उनी काठमाडौं आइपुगेकी हुन् ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा आएकी उनलाई त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री आरजु राणालगायत नेपाली अधिकारीहरुले स्वागत गरेका छन् ।
भियतनामकोतर्फबाट यो पहिलो उच्चस्तरीय नेपाल भरमण हो । उपराष्ट्रपति सुआनले ९ गते स्वदेश फर्किनेछिन् । नेपालमा रहँदा उनले उच्चतहको भेटवार्ता गर्नेििछन् ।















प्रतिक्रिया दिनुहोस्