श्रीलंकाका पूर्वराष्ट्रपति पक्राउ
काठमाडौं, ६ भदौ । श्रीलंकका पूर्वराष्ट्रपति रनिल विक्रमसिंघे पक्राउ परेका छन् । उनलाई शुक्रबार नियन्त्रणमा लिइएको हो ।
सरकारी सम्पत्ति दुरुपयोग सम्बन्धमा आरोपित विक्रमसिंघेलाई पक्राउ गरिएको एएफपी समाचार एजेन्सीले स्थानीय प्रहरीलाई उद्धृत गर्दै जनाएको छ ।
पूर्वराष्ट्रपति विक्रमसिंघे शुक्रबार वित्तीय अपराध जाँच विभागमा बयानका लागि पुगेका थिए । सोही क्रममा उनलाई नियन्त्रणमा लिइएको हो ।















प्रतिक्रिया दिनुहोस्