ठूला दलहरूले संविधानमाथि प्रश्न मात्रै उठाए, संशोधनको कुरा गर्छन् छलफल भने शून्यः पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं, ५ भदौ । पूर्वराष्ट्रपति विद्या भण्डारीले राजनीतिक दलहरूले देशमा सुशासन कायम गर्न नसकेको औँल्याएकी छन् । मदन भण्डारी फाउन्डेसनको सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै संसद् नै निरीह थलो बनेर बसिरहेको बताइन् ।
उनले भनिन्, ‘कार्यक्रम कस्तो बनाउने भन्ने कुरामा ध्यान पुग्न सकेको छैन । पुराना दलहरूले नै अहिलेको संविधानमा प्रश्न उठाए । संविधान संशोधन गर्नुपर्छ भनेर सहमति गरेका छन् । तर संविधानमा के अभाव रह्यो के आवश्यकता छ । के गर्यो भनेर देशको आवश्यकता समाधान हुन्छ भन्ने छैन ।
उनले कुनै आरोप लाग्नेबित्तिकै निलम्बन भइहाल्ने व्यवस्था कतिको लोकतान्त्रिक हो ? भन्दै प्रश्न उठाइन् । जननिर्वाचित प्रतिनिधिहरूको हकमा आरोप लाग्ने बित्तिकै निलम्बन हुन नहुने तर्क गरिन् ।
रास्वपा सभापति रवि लामिछाने, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेतातर्फ संकेत गर्दै भण्डारीले अहिले पनि संसदका कतिपय सदस्य आरोप लागेका कारण निलम्बित भएको बताइन् ।
भण्डारीले भनिन्–संविधानमा संशोधन गर्ने भनेर सरकार बन्यो तर अहिलेसम्म छलफल हुन सकेको छैन । के विषयमा संशोधन गर्न आवश्यक भएको हो ? यसमा केही भएको देखिदैनन् । आरोप लागेर पुष्टि भएको छैन उसले बोल्न पाउँदैन, निलम्बित भइहाल्छ । निर्वाचित भएर आएका जनप्रतिनिधिले आदर्श अनुसार काम गर्नुपर्छ तर आरोप लाग्यो भन्भ्दैमा निलम्बनमा परिहाल्ने व्यवस्था कति लोकतान्त्रिक हो ? अहिले पनि कतिपय संसद सदस्य आरोप लागेका कारण निलम्बनको यात्रा भोगिरहेका छन् ।















प्रतिक्रिया दिनुहोस्