नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति ठाडो हस्तक्षेप
काठमाडौं । भारत र चीनले लिपुलेक तथा त्यस आसपास क्षेत्रमा धार्मिक गतिविधि सञ्चालन गर्ने सहमती गरेपछि त्यसको अहिले नेपालका विभिन्न राजनीतिक दल, नेता, बुद्धिजिवीले बिरोध गर्न थालेको छन् । नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति ठाडो हस्तक्षेप भएको भन्दै उनीहरुले विरोध जनाएका हुन ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य आलोक रायमाझीले त्यस कार्यको बिरोध जनाउदै त्रुटि सच्चाउन माग गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘हामी नेपालको अभिन्न भूभाग कालापानी र लिपूलेक हुँदै भारत–चीन व्यापार मार्ग विस्तार गर्ने हालैका निर्णयप्रति गहिरो खेद प्रकट गर्दछु । नेपालको अनुमति र सहभागिता विना, भारत र चीन सरकारबीच भएको यो सहमति नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता तथा भौगोलिक अखण्डतामाथि ठाडो हस्तक्षेप हो।
म भारत र चीन सरकारको यस प्रकारको हेपाह प्रवृत्तिको घोर विरोध र भर्त्सना गर्दछु । साथै, यस विषयमा दृढ र स्पष्ट अडान लिन तथा राष्ट्रिय हित सुरक्षित गर्न नेपाल सरकारलाई जोडदार दबाब दिने प्रतिबद्धता प्रकट गर्दछु । नेपालको भूभाग, सार्वभौमिक अधिकार र स्वाभिमान कुनैपनि हालतमा सम्झौतायोग्य छैन भन्ने मेरोरहाम्रो दृढ मान्यता हो ।’















प्रतिक्रिया दिनुहोस्