बीमा प्राधिकरणका अध्यक्ष ओझालाई पदमुक्त गर्ने मन्त्रिपरिषद् बैठकका निर्णय
काठमाडौं, ४ भदौ । मन्त्रिपरिषद् बैठकले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई तीन प्रश्न उठाउँदै पदमुक्त निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको थियो।
भदौ २ गते बसेको मन्त्रिपरिषद्का बैठकका निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार सार्वजनिक गरेका हुन् ।
उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित समितिले आइतबार सरकारलाई प्रतिवेदन बुझाएलगत्तै सोमबार बसेको बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो।
बीमा प्राधिकरणको अध्यक्षका लागि ओझाको योग्यता अपर्याप्त रहेको, कानुन अनुसारको योग्यताका लागि सम्बन्धित क्षेत्रमा थप काम गर्नुपर्ने र कार्यक्षमतालगायतका विषयमा प्रश्न उठाउँदै समितिले प्रतिवेदन बुझाएको थियो ।
ओझालाई सरकारले गत १२ फागुनमा बीमा कम्पनीहरूको नियामक निकाय नेपाल बीमा प्राधिकरण अध्यक्षमा नियुक्त गरेको थियो।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय















प्रतिक्रिया दिनुहोस्