नेपाललाई उपेक्षा गरेर लिपुलेकमा चीन र भारतले गरे समझदारी

काठमाडौं, ४ भदौ । भारत र चीनले एक पटक फेरि लिपुलेकमा नेपाललाई बेवास्ता गर्दै द्विपक्षीय समझदारी गरेका छन् ।

चिनिया विदेशमन्त्री वाङ यीको भ्रमणका क्रममा भएको १२ बुँदे समझदारी सार्वजनिक गर्दै साउथ ब्लकले लिपुलेक नाकाबाट दुई देशबीच व्यापार गर्न सीमा पुनः खोल्ने जनाएको छ । लिपुलेक नेपालको भूमि हो ।

नेपालले आफ्नो नक्सामा समेटेको सो भूमिको बारेमा दुवै देश जानकार समेत छन् । यद्यपि लिपुलेकमा नेपाललाई बेवास्ता गरेर २ देशले समझदारी गरेको यो पहिलो पटक भने होइन ।

सन् १९४ देखि पटक पटक लिपुलेकलाई दुई देशीय सीमाना मानेर भारत र चीनले समझदारी गर्दै आएका छन् ।

यस पटक पनि दुई देशका विदेशमन्त्रीबीचको वार्तापछि जारी गरिएको समझदारीको नवौँ बुँदामा लिपुलेक, शिप्की ला पास र नाथुला पास बोर्ड व्यापारिक प्रयोजनका लागि पुनः सञ्चालनमा ल्याउने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्