आज प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले सांसदको पश्नको जवाफ दिने
काठमाडौं, ४ भदौ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बैठक बस्न लागेको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची छ ।
बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले ‘ बालबालिका सम्बन्धी ९ पहिलो संशोधन० विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।
बैठकमा मानव बेचविखन तथा ओसारपसार ९नियन्त्रण० पहिलो संशोधन विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि प्रस्तुत हुने संसद सचिवालयले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्