परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतीय विदेश सचिव विक्रम मिश्री भेटवार्ता

काठमाडौं। १ भदौ । भारतीय विदेश सचिव विक्रम मिश्रीले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेटवार्ता गरेका छन् ।

दुई दिने औपचारिक भ्रमणका क्रममा आइतबार काठमाडौं आइपुगेका मिश्रीले परराष्ट्रमन्त्री डा। राणासँग भेटवार्ता गरेका हुन् ।

भेटपछि परराष्ट्रमन्त्री डा.राणाले सामाजिक सञ्चालमा लेखेकी छन् ( हामीले हाम्रो कनेक्टिभिटी, व्यापार र विकास सहयोगलाई सुदृढ पार्ने कुरामा केन्द्रित हुँदै भारत(नेपाल सम्बन्धको पूर्ण दायराबारे छलफल गर्‍यौं। नेपालले भारतको छिमेकी पहिलो नीतिको कदर गर्दछ र हाम्रो द्विपक्षीय सम्बन्धको निरन्तर वृद्धिको अपेक्षा गर्दछ ।

यसअघि मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतसँग भेटवार्ता गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्