सचिव विक्रम मिश्रीले महत्वपूर्ण भेटवार्ता आजै गर्ने
काठमाडौं, १ भदौ । भारतीय विदेश सचिव विक्रम मिश्रीले आजै महत्वपूर्ण भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन नेपाल आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले आजै महत्वपूर्ण भेटवार्ता गर्ने भएका हुन् ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा बिहान काठमाडौं आइपुगेका मिश्रीले आजै महत्वपूर्ण भेटवार्ता गर्ने स्रोत बताउँछ ।
सचिव मिश्रीले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट प्रधानमन्त्री ओलीलाई भ्रमणकोऔपचारिक निम्ता पनि आजै दिनेछन् ।
मिश्रीले आजै प्रधानमन्त्री केपी ओली, परारष्ट्रमन्त्री आरजु राणा, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालगायतका उच्चपदस्थ राजनीतिज्ञलाई पनि भेट्ने कार्यक्रम छ ।
स्रोतका अनुसार आजकै भेटवार्तामा प्रधानमन्त्री ओलीको भारत भ्रमणका एजेन्डाका बारेमा पनि छलफल हुनेछ ।
भेटवार्ताका क्रममा नेपाल र भारतका परराष्ट्र सचिवबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षमा छलफल हुनेछ ।
उच्चस्तरीय भेटवार्ता र छलफलपछि उनी पशुपतिनाथको दर्शन गरेर भोलि भारत फर्किने छन् ।
प्रधानमन्त्री ओली यही भदौ ३१ गते २ दिने भारत भ्रमण जाँदैछन् । त्यसकै तयारी स्वरुप मिश्री काठमाडौं आएका हुन् ।
यसपटक मोदी र ओलीबीच बिहार राज्यको बोधगया औपचारिक भेटवार्ता गराउने तयारी छ । बोधगया बुद्धले ज्ञान प्राप्त गरेको स्थान मानिन्छ । यसले दुईदेशबिच कुटनीतिक सम्बन्धमा अझ प्रगाढ हुने विश्वाु लिएको छ ।















प्रतिक्रिया दिनुहोस्