तिजको रौनक जापानमा पनि सुरु

पार्वती पाठक, जापान । यतिबेला देश तथा विदेशमा हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजको रमझम सुरु भएको छ  । नेपाल मात्र नभई देश तथा विदेशमा पनि विभिन्न कालाकारहरु तीज विशेष कार्यक्रममा व्यस्त भएका छन् । तीजको रमझमले सबैको मन तानेको छ ।
यस्तै यता नेपाली महिलाहरुको महान पर्व तीजको रौनक जापानमा पनि सुरु भएको छ । हिन्दू नेपाली महिलाहरुको महान पर्व ‘हरितालिका तिज’ को अवसरमा यति बेला यहाँ रहेका दिदिबहिनीहरुले तिजको दरखाने कार्यक्रम तथा नाचगानलाई भब्य रुपमा मनाउन सुरु गरेका छन्। यसले गर्दा दिदि बहिनी तथा आफन्ताहमा सद्भावका पनि विकास भएको छ । सबै दिदिबहिनीहरु एउटै ठाउमा भेला भएर रमाइलो गर्ने, नाच्ने र दरखाने कार्यक्रम गरि हरितालिका तीज मनाएका हुन् ।

विदेशमा पनि यसरि चाडपर्वको अवसरमा यस्ता जमघटहरुको आयोजना गरि, विदेशी भूमिमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुका बिचमा आपसी , सद्भाव, एकता र भाईचारा सम्बन्ध क़ायम गर्नुकोसाथै कला र संस्कृतिकोसमेत संरक्षण भएको छ ।  जुन देश र ठाउँमा भएपनि आफनो कला र संस्कृति संरक्षण गर्दै यसलाई जोगाउनु नै आफुहरुको मुख्य उदेश्य रहेको यहाँ रहेका नेपाली दाजुभाइ तथा दिदिबहिनीको भनाइ छ ।

जापानमा हरेक वर्ष तीजको अवसरमा तीज विशेष कार्यक्रमको आयोजना समेत गर्ने गरिन्छ र यो बर्ष पनि धेरै कार्यक्रम रहेको बुझिएको छ।
यसको लागि नेपाली कलाकारहरु जपान आउने क्रममा छन् । कार्यक्रममा प्रख्यात तथा चर्चित कलाकारहरुको प्रस्तुति समेत रहन्छ । जापानमा तिज विशेष कार्यक्रम धेरै हुने गर्दछन्। विदेशमा रहेका हिन्दू धर्मावलम्बीहरूले दर खाने कार्यक्रम तथा सांगीतिक कार्यक्रमको आयोजना गरेर तीजलाई उल्लासमय बनाउने गर्दछन्।

तर पछिल्लो समय तीज चाडपर्व र संस्कृतिको संरक्षण भन्दा पनि निकै भड्किलो, विलासीता, उत्ताउलो खर्चिलो हुँदै गएकोप्रति चिन्ता थपिएको छ । संस्कृतिको संरक्षण र मौलिकता जोगाउनु आजको आवश्यकता हो ।

यस बर्षको हरितालिका तीज भदौ १० गते परेको छ । यो दिन नेपालमा महिलाहरुलाई सार्वजनिक विदा दिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्