कुलिङ पिरियडमा भएको छेडखानीबारे गठित छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न सभामुखको निर्देशन
काठमाडौं, ३० साउन । सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि निर्देशन दिएका छन्।
सभामुखले घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूको सुझाव अनुसार आज सभामुखले प्रतिवेदन कार्यान्वयनका लागि निर्देशन दिएका हुन्।
सबै दलका संसदीय कार्यालयहरू, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संघीय संसद सचविालयलाई आवश्यक कार्यान्वयनका लागि पठाउन प्रतिनिधि सभाका सचिवलाई निर्देशन दिएको सभामुखको सचिवालयले जनाएको छ।
कुलिङ पिरियडमा भएको छेडखानीबारे अध्ययन गर्न कांग्रेस सांसद जीवन परियारको नेतृत्वमा संसदीय छानबिन समिति गठन गरिएको थियो। समितिले नैतिक जिम्मेवार ठहर्याएपछि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका थिए। समितिले गम्भीर कुलिङ पिरियडमा गम्भीर त्रुटी भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको थियो।















प्रतिक्रिया दिनुहोस्