१ लाख १० हजार धरौटीमा चक्रे मिलनलाई छाड्न भक्तपुर अदालतको आदेश

काठमाडौं, ३० साउन । गुण्डा नाइके चक्रे मिलन भक्तपुरमा पनि धरौटीमा छुटेका छन् ।

एक कुटपिटको घटनाको ज्यान मार्ने उद्योगमा चलाइएको मुद्दामा भक्तपुर जिल्ला अदालतका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले उनलाई १ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार अब स्वास्थ्य परीक्षण गरेर उनलाई रिहा गर्ने तयारी छ ।

काठमाडौंबाट धरौटीमा छुटेलगत्तै गुण्डा नाइके चक्रे मिलनलाई भक्तपुर प्रहरीकहाँ लैजाने तयारी गरिएको छ ।

जन्मदिन मनाउँदै गर्दा पक्राउ परेका उनी काठमाडौंमा चलाइएको अभद्र मुद्दामा २ दिनअघि काठमाडौं अदालतको आदेशबाट ३० हजार धरौटी बुझाएर छुटेका थिए ।

तर, चक्रे मिलनलाई २०८१ भदौ ४ मा भएको एक कुटपिटसम्बन्धी घटनाको अनुसन्धानको सिलसिलामा भक्तपुर लैजान लागिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुलदीप चन्दले बताए ।

गत वर्षको भदौमा भक्तपुरका बासिन्दा मनिष रायमाझीले सामाजिक सञ्जालमा चक्रेलाई लक्षित गर्दै ‘डुँडे’ भनी होच्याएका थिए । त्यसपछि चक्रे आर्फैँले फोन गरेर रायमाझीलाई धम्क्याएका थिए ।

भदौ ४ गते चक्रेका सहयोगी अजित खवाससहितको टोलीले सांघातिक हमला गरेको थियो । सोही घटनापछि रायमाझीले दिएको जाहेरीका आधारमा उनीविरुद्ध मुद्दा चलेको थियो । उक्त जाहेरी भक्तपुर जिल्ला अदालतमा २०८१ असोज ९ गते दर्ता भएको थियो । जाहेरीमा प्रतिवादीका रूपमा पहिलो नाम चक्रेकै थियो ।

प्रतिक्रिया दिनुहोस्