एकीकृत समाजवादीमा पद र जिम्मेवारी बाँडफाड, बामदेव बने वरिष्ठ नेता

काठमाडौं, ३० साउन । नेकपा एकीकृत समाजवादीले बामदेव गौतमको एकता अभियानबाट पार्टीमा आएकाहरूलाई जिम्मेवारी तोकेको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नेता गौतमलाई स्वागत गर्दै उनको एकता अभियानबाट आएकाहरूलाई जिम्मेवारी दिइएको हो ।

जस अनुसार गौतमले वरिष्ठ नेता पाएका छन् । उनलाई पार्टीको तेस्रो वरियतामा राखिएको छ ।

त्यस्तै, डिबी कार्की, तुलसी थापा र लोकनाथ धमलालाई पोलिटब्यूरो सदस्यको जिम्मेवारी दिइएको छ ।

अन्य ९ जनालाई भने केन्द्रीय सदस्य बनाइएको छ ।

केन्द्रीय सदस्यको जिम्मेवारी पाउनेहरूमा भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भारती, रवीन्द्र बम, तोफा यादव, विद्या प्रसाद शर्मा, राम प्रसाद अधिकारी र मोहम्मद शेर बागवान रहेका छन् ।

गौतमको शपथ ग्रहण पनि सम्पन्न भइसकेको एकीकृत समाजवादीले जनाएको छ ।

लगत्तै अहिले पार्टी सचिवालय बैठक सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्