नेशलन  लघुवित्तको नाफा १३६.३३ प्रतिशतले वृद्धि

काठमाडौं ,२८ साउन । नेशलन  लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । संस्थाको खुद नाफा १३६=३३ प्रतिशतले बढेको छ । संस्थाले गत आवको अन्तिमसम्म ४७ करोड ४० लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । यो नाफा अघिल्लो आवको तुलनामा शतप्रतिशत भन्दा बढी हो । अघिल्लो आवमा संस्थाले २० करोड ५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

संस्थाको खुद ब्याज आम्दानी र कमिसन आम्दानी दुबैमा उल्लेख्य सुधार देखिदा नाफामा वृद्धिमा टेवा पुगेको हो । संस्थाको खुद ब्याज आम्दानी ४४=६० प्रतिशतले बढेर १ अर्ब ६१ करोड ५५ लाख रुपैयाँ पुगेको छ भने कमिसन आम्दानी २१=६३ प्रतिशतले बढेर २३ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।

 

गत आवमा संस्थाको निक्षेप संकलन २३=२३ प्रतिशत बढेर ६ अर्ब ४६ करोड ४७ लाख रुपैयाँ पुगेको छ भने कर्जा परिचालन २४ अर्ब २१ करोड ८६ लाख रुपैयाँ पुगेको छ । कम्पनीको खराब कर्जा अनुपात ४.११ प्रतिशत पुगेको छ । अघिल्लो आवमा संस्थाको एनपीएल ३.६९ प्रतिशत रहेको थियो ।

सो अवधिसम्म संस्थाको सिडि रेसियो ३८९=२८ प्रतिशत र बेस रेट ११=३२ प्रतिशत रहेको छ । सो अवधिसम्म संस्थाको वितरणयोग्य मुनाफा ४४ करोड १ लाख ८३ हजार रुपैयाँ रहेको छ । संस्थाको चुक्तापूँजी १ अर्ब ३३ करोड १६ लाख रुपैयाँ रहेको छ । यसर्थमा संस्थाको लाभांश क्षमता ३३=०५ प्रतिशत रहेको छ ।

संस्थाको रिटेन्ड अर्निङ ४४ करोड १ लाख ८३ हजार, रिर्जभ फण्डमा १ अर्ब ४९ करोड ६ लाख रुपैयाँ रहेको छ । साथै संस्थाको इपीएस १८=३९ रुपैयाँ बढेर ३५.६० रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ २४५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३९=३३ गुणा र तरलता अनुपात २०=३० प्रतिशत रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्