आज साउनको अन्तिम हप्ता पशुपतिनाथ लगायत देशभरका शिव मन्दिरमा श्रद्धालुको भिड

कठमाडौं, २६ साउन । साउन महिना भगवान् शिवको महिना गर्ने महिना मानिन्छ । त्यसमा पनि सोमबार शिवजीको बार मानिन्छ ।
देश भरका शिवालयहरुमा भक्तजनको भिड लागेको छ ।

आज साउनको अन्तिम सोमबार भएकाले पशुपति मन्दिरमा दर्शन गर्न व्रतालु तथा श्रद्धालुको भिड लागेको छ।

नेपालमा सौर मासअनुसार सोमबार व्रत गर्ने परम्परा छ। साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा पोते लगाएर शिवको पूजा आराधना गर्दछन्।

सोमबारको ब्रत बसेर शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। साउन महिनाको अर्को आकर्षक बोलबम हो। साउनदेखि सुरू हुने बोलबम यात्रा अन्तिम सोमबार विशेष उपासना गरेपछि सम्पन्न हुन्छ।

अन्तिम सोमबार बिहानै काठमाडौंका बोलबम यात्रीहरू सुन्दरीजल पुग्छन्। सुन्दरीजलमा डुबुल्की मारेर भगवान शिवको आरधनापश्चात त्यहाँबाट लिएर आएको जल लिएर पशुपतिनाथलाई चढाउँछन्।

पशुपतिमा सुन्दरीजलको जल चढाएर विशेष आरधना गरेपछि यसपालिको बोलबम यात्रा सकिन्छ।

 

प्रतिक्रिया दिनुहोस्