सुनको मूल्य सामान्य गिरावट, चाँदीको मूल्य तोलामा ५ रुपैयाँ वृद्धि
काठमाडौं, २४ साउन । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९९ हजार २०० रुपैयाँ कायम भएको हो । यहि मुल्यमा कारोबार भएको छ ।
यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९९ हजार ४०० रुपैयाँ कायम भएको थियो ।
यसैबिच आइतबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँ वृद्धि भएको छ । शुक्रबार तोलामा २ हजार ३२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा २ हजार ३३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्