कोशी, बागमती, गण्डकी र पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना
काठमाडौं, २५ साउन । मनसुनको न्यूनचापीय रेखा सरदर स्थान (भारततर्फ) अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले मधेस, कोशी, लुम्बिनी लगायत प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। पछिल्लो २४ घन्टामा धनुषाको तुलसीमा १०३.२, सर्लाहीको परवानीपुरमा ८१.२, सिन्धुपाल्चोकको मानेखर्कमा ८८, कैलालीको एक स्थानमा ८६.२ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी भू–भागका केही र मधेस प्रदेशलगायत देशका बाँकी पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार राति देशभर साधारणतया बदली रहनेछ। मधेस प्रदेश लगायत कोशी, बागमती, र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाेले बाढिपहिरो आउने हुनाले सतर्कता अउनाउन महाशाखाले अनुरोध गरेको छ । वर्षले कृषि,, यातायात, ववाई तथा पर्यटन क्षेत्रमा समस्या पर्ने भएकाले सावधानी अपनाउनु पर्ने छ ।















प्रतिक्रिया दिनुहोस्