साढे छ केजी सुनसहित ११ जना भारतीय नागरिक पक्राउ
काठमाडौं, २४ साउन । जिल्ला प्रहरी कार्यालय कास्कीले करिब साढे छ केजी अवैध सुनसहित ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। शुक्रबार दिउँसोबाट अप्रेसन सुरु गरेर रातभर लगाएर उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले छ किलो चार सय ग्राम सुनसहित उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो। उनीहरूको साथबाट चाँदी चार सय ४४ तोला र पाँच लाख १४ हजार छ सय ६५ रुपियाँसमेत प्रहरीले बरामद गरेको छ।
बरामद भएको सुनको बजार मूल्य १० करोड ९७ लाख छ। पक्राउ परेका ११ जनालाई नै सामानसहित आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटबल पठाइने प्रहरी उपरीक्षक ओलियाले जानकारी दिनुभयो।
पोखरा महानगरको वडा नम्बर २, ३, ४ र ९ का केही क्षेत्रमा अवैध तरिकाले सुन तथा चाँदीको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले शुक्रबार दिउँसो ४ बजेबाट कारबाही सुरु गरेको थियो। कारबाहीका क्रममा राजेन्द्र रामचन्द्र जगताप ९४१ वर्ष०, मनिकलाल आदक ९४५ वर्ष०, सन्दीप ढाव ९३५ वर्ष०, सोमनाथ पाल ९४१ वर्ष०, दीपक सामन्त ९४७ वर्ष ० पक्राउ परेका छन्।
प्रहरीले गोविन्दा दिण्डा ९४७ वर्ष०, असित वर ९३५ वर्ष०, तापस सामन्त ९४४ वर्ष०, उज्वल भोमिक ९३८ वर्ष०, सुनिता पवार ९४० वर्ष०, प्रोभास माझी ९४९ वर्ष०लाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका भारतीय नागरिकहरू कोलकाता र पश्चिम बङ्गाल घर भई लामो समयदेखि पोखरामा सुनचाँदी कालिगढका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ।















प्रतिक्रिया दिनुहोस्