वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा १० कम्पनीको अनुगमन, ५ कम्पनीलाई जरिवाना, ५ सँग स्पष्टीकरण माग

काठमाडौं, २२ साउन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ५ कम्पनीलाई जरिवाना तिराउनुका साथै ५ सँग स्पष्टीकरण माग गरेको छ । विभागले दैनिक गर्दै आएको अनुगमन अन्तर्गत बुधबार १० वटा उद्योग तथा फर्म अनुगमन गर्दा ५ वटालाई जरिवाना तिराउनुका साथै ५ सँग स्पष्टीकरण माग गरेको हो ।

विभागले उपभोक्ता अधिकार हननको उजुरी र अनुगमनका आधारमा काठमाडौं उपत्यकाका १० वटा व्यवसायिक कम्पनीहरूलाई कारबाही प्रक्रिया अघि बढाएको छ।

विभागले उरी एजुकेशन सेन्टरलाई ५१ हजार, सुपरनोभा एजुकेशन कन्सल्टेन्सी सेन्टर र विटल्स कार डेकोरलाई ५०(५० हजार, अल कार डेकोरेसन र सुदृष्टि आयकोनिकलाई १०–१० हजार जरिवाना गरिएको विभागले जनाएको छ।

त्यस्तै, जेभियर इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी,ओहायो इन्टरनेशनल कन्सल्टेन्सी,एस इम्पेक्स, एप्लायन्सेस हबलाई भने व्यवसायसँग सम्बन्धित कागजातहरू लिई ३ दिनभित्रमा विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्