युनुसद्वारा बंगलादेशमा २०२६ फेब्रुअरीमा राष्ट्रिय चुनावको घोषणा
काठमाडौं, २२ साउन । बंगलादेशी अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले फेब्रुअरी २०२६ मा बंगलादेशको राष्ट्रिय चुनाव घोषणा गरेका छन् ।
फेब्रुअरी २०२६ मा आम चुनाव आयोजना गर्न निर्वाचन आयोगलाई पत्र पठाएका हुन् । जुलाई विद्रोहको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधनमा युनुसले उक्त घोषणा गरेका छन् ।
युनुसले गत वर्ष अगस्ट ८ मा देशको अन्तरिम सरकारको प्रमुखको रूपमा शपथ लिएका थिए । बंगलादेशी राष्ट्रपति मोहम्मद शहाबुद्दीनले अगस्ट ६, २०२४ मा संसद भंग गरेपछि अन्तरिम सरकार गठनको बाटो खुलेको थियो ।















प्रतिक्रिया दिनुहोस्