कुमारी बैंकको नाफामा भारी वृद्धि
काठमाडौं,२२ साउन । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको हो ।
बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको खुद नाफा ४६ लाख रुपैयाँ मात्र देखाइएको कारण बैंकको नाफा ४५ हजार ८२९ प्रतिशत बढेको हो
बैंकले २०८१ असार मसान्तसम्मको तथ्यांकमा इम्पेरमेन्ट चार्ज परिवर्तन गरेका कारण यस्तो हुन पुगेको हो । गत वर्ष प्रकाशित विवरणमा २०८१ चौथो त्रैमाससम्ममा बैंकको इम्पेरेमन्ट चार्ज ३ अर्ब ५६ करोड रुपैयाँ थियो। जुन अहिले प्रकाशित वित्तीय विवरणमा ६ अर्ब ८४ करोड रुपैयाँ उल्लेख गरिएको छ ।
बैंक प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । प्रकाशित विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी २ पैसाबाट बढेर ८ रुपैयाँ ७ पैसा पुगेको छ ।
असार मसान्तसम्मको खुद नाफा र प्रतिशेयर आम्दानीसँग यस वर्षको नाफा र प्रतिशेयर आम्दानी तुलना गर्ने हो भने समीक्षा अवधिमा यी दुबै घटका छन्।















प्रतिक्रिया दिनुहोस्