चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि २४ जना सर्टलिस्टमा
काठमाडौं,२० साउन। चार ठूला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपलकुपतिका लागि आवेदन दिएका मध्ये स्वास्थ्य मन्त्रालयले सर्टलिस्ट प्रकाशन गरेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका लागि स्वास्थ्य मन्त्रालयले ४ असारमा दरखास्त आवाह्न गरेको थियो ।
जसमा चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि ५५ जनाले आवेदन दिएका थिए । मन्त्रालयका अनुसार कार्ययोजना प्रस्तुतीकरण र अन्तवार्ताका लागि प्रत्येक प्रतिष्ठान मध्ये ६–६ जनालाई सटलिस्टमा राखेको छ ।
सर्टलिस्टमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता तथा प्रस्तुतिकरण साउन २२ र २३ गते तोकिएको छ । जसमा पाटनको २२ गते बिहान ९ बजे र पोखराको दिउँसो २ बजे अन्तर्वार्ता समय तोकिएको छ । त्यसैगरी कर्णालीको २३ गते बिहान ९ बजे र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दिउँसो २ बजे अन्तर्वार्ता हुँदैछ ।
कणार्ली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सह प्रा.डा एलिजा श्रेष्ठ, सह प्रा.डा. डबल धामी, डा. पवन जंग रायमाझी, सह।प्रा।डा। पुजन कुमार रोकाया, प्रा.डा श्रीकृष्ण गिरी, प्रा।डा सूर्यमान मेन्यान्ग्वो सर्टलिस्ट परेका छन्।
पाटनमा प्रा.डा. गेहनाथ बराल, डा. दिपक थापा मगर, प्रा.डा. पवन कुमार शर्मा, प्रा.डा. विष्णु प्रसाद शर्मा, प्रा.डा. बुद्धि प्रसाद पौडेल, प्रा.डा श्रीजना श्रेष्ठ सर्टलिस्टमा परेका छन्।
यसैगरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा.डा. कृष्ण कुमार राई, प्रा.डा. पशुपति चौधरी, प्रा।डा प्रहलाद कार्की, प्रा.डा. विक्रम प्रसाद श्रेष्ठ र प्रा।डा। रामेश राज कोइराला, प्रा।डा श्रीजना श्रेष्ठ सर्टलिस्ट परेका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा.डा. अर्जुन आचार्य, प्रा.डा. चण्डिका पण्डित, प्रा.डा. नारायण सिंह गुरुङ, प्रा.डा. विधान निधि पौडेल, प्रा.डा. भरत बहादुर खत्री, प्रा.डा. माया लामा सर्टलिस्टमा परेका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको पद गत चैत महिनाको तेस्रो सातामा खाली भएका थिए । त्यसैगरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति चैत महिनाको अन्तिम सातामा खाली भएका थियो ।
हाल यी ४ प्रतिष्ठानको नेतृत्व सम्बन्धित रेक्टरहरूले निमित्त उपकुलपतिको रूपमा सम्हालिरहेका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी डिन प्रा.डा. श्रीकृष्ण श्रेष्ठ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी रेक्टर डबलबहादुर धामीले पाएका छन् ।
त्यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुपतिको जिम्मेवारी रेक्टर प्रा.डा. पवन शर्मा र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी रेक्टर प्रा.डा. सञ्जीवकुमार शर्मालाई दिइएको छ ।
चारै प्रतिष्ठानमा उपकुलपति पद रिक्त भएपछि मन्त्रालयले ४ असारमा आवेदन आह्वान गर्दै कमिटी गठन गरेको थियो ।
समितिमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल संयोजक छन् भने सदस्यमा स्वास्थ्य सचिव डा.विकास देवकोटा र योजना आयोगका सदस्य डा.आरपी बिच्छा छन् । अन्तर्वार्ता र प्रस्तुतीकरणपछि सर्च कमिटीले उपकूलपति नियुक्तिका लागि तीन-तीन जनाको नाम कुलपति समक्ष पेस गर्नेछ ।















प्रतिक्रिया दिनुहोस्