“विद्यालोक धरान” नामक कृति लोकार्पण
काठमाडौँ। वरिष्ठ गितकार कालिप्रसाद रिजालले एक समारोहबीच “विद्यालोक धरान” नामक कृति लोकार्पण गर्नुभएको छ।
प्रवेशिका परीक्षा समूह-२०२५ धरानले प्रकाशन गरेको उक्त पुस्तक वरिष्ठ गितकार रिजालले विमोचन गर्नुभएको हो।
पुस्तकमा धरानका तत्कालीन छ ओटा हाइस्कूलबाट विसं २०२५ को एसएलसीमा सम्मिलित विद्यार्थीको आपसी मित्रताको इतिहास, तत्कालीन समयको शिक्षाको अवस्थालाई लिपिबद्ध गरिएको छ।
त्यसैगरी छ अध्यायमा विभाजन गरिएको कृतिमा धरानको भोगगोलिक, सांस्कृतिक, धार्मिक, स्मरण, काव्य, प्रतिष्ठित व्यक्तिका रचना समावेश गरिएको छ।
सो अवसरमा गितकार रिजालले करिब छ दशक अगाडिका विद्यार्थीले समूह बनाएर सामाजिक विकासका काम गर्न अग्रसर भएकामा सराहना गर्दै
साहित्य भावनात्मक अभिव्यक्ति गर्ने माध्यम साहित्य भएको बताउनुभयो ।
उहाँले देशप्रेमले ओतप्रोत ती विद्यार्थीले समाजका विभिन्न क्षेत्रमा गरेको योगदान स्मरण गर्दै साहित्य लेखनी समाज परिवर्तनको सशक्त माध्यम भएको विचार व्यक्त गर्नुभयो।
वरिष्ठ पत्रकार कृष्ण भुसालले उक्त समूहले नेपाली साहित्य र समाजसेवामा एक अविस्मरणीय योगदान दिएर ऐतिहासिक कार्य गरेको बताउँदै यसको साहित्यिक, ऐतिहासिक तथा अभिलेखीय महत्व अतुलनीय रहेको बताउनुभयो । उहाँले आफू स्वयं पनि यो समूहको स्थापना कालदेखि नै विविध सामाजिक क्रियाकलापमा सहभागी हुँदै आएको जानकारी दिँदै यति महत्वपूर्ण कार्यमा संलग्न हुन पाउँदा आत्मिक सन्तोष मिलेको विचार व्यक्त गर्नुभयो।















प्रतिक्रिया दिनुहोस्