मधेशका केही ठाउँमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन विभागले अनुरोध
काठमाडौं, १८ साउन । मनसुनी वायुको प्रभाव मेधेशप्रदेशतिर परेको छ । जल तथा मौसम विज्ञान विभागले आज आज दिउँसो र राति पनि मधेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको जाएनाएको हो ।
शुक्रबार राति पनि मधेशमा भारी वर्षा भएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति पनि मधेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।सुक्खाग्रस्त बनेको मधेशमा केही दिनदेखि लगातार भारी वर्षा भएको छ । सरकारले नै संकटग्रस्त घोषणा गरेको मधेशमा वर्षा भएपछि किसानलाई राहत भएको छ ।
पछिल्लो २४ घण्टामा मधेशको एउटा केन्द्रमा धेरै भारी वर्षा मापन भएको छ भने विभिन्न ५ वटा केन्द्रमा भारी वर्षा मापन भएको छ । बाँकी तीन केन्द्रमा ठाउँमा पनि त्यसकै आसपास वर्षा भएको मापन गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा सिराहको सिराह हाइड्रो केन्द्रमा मापन भएको छ । उक्त केन्द्रमा धेरै भारी अर्थात १०१।६ मिलिमिटर वर्षा मापन भएको छ । २० घण्टामा १०० मिलिमिटरभन्दा धेरै वर्षा हुनुलाई धेरै भारी वर्षा भएको मानिन्छ ।
सिराहकै लहान केन्द्रमा ७७।२, गोलबजारको केन्द्रमा ५२।८, मिलिमिटर वर्षा भएको छ । यस्तै, सप्तरी मरमझिया केन्द्रमा ९३, रुपनी बजार केन्द्रमा ८२, कल्यानपुरमा ४९।४, धनुषाको हर्दिनाथमा ४७, तुलसी केन्द्रमा ४७।८, महोत्तरीको गौशालामा ५८, सर्लाहीको परवानीपुरमा ४८।४ मिलिमिटर वर्षा भएको छ ।
विभागका अनुसार गत २४ घण्टामा सबैभन्दा बढी उदयपुरको गाइघाटमा १३२ मिलिमिटर वर्षा मापन भएको । झापाको अनरमणि बिर्तामा १२५, दमक ११२। ८ मिलिमिटर वर्षा भएको छ ।
सतर्कता अपनाउन विभागले अनुरोधः
देशका विभिन्न स्थानमा भइरहेको वर्षाका कारण जलसतह बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
भक्तपुरको हनुमन्ते खोला कौशलटार जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा छ । नदी तटीय क्षेत्रमा रहेका र नदी किनार भई यात्रा गर्नेहरूले बिहानसम्म सावधानी अपनाउनु जरुरी छ ।
रुकुमपश्चिमको ठूलो भेरी, रिम्ना जलमापन केन्द्रको जलसतह सतर्कता आसपास रहेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा रहेकाले बिहानसम्म सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
यस्तै, म्याग्दी जिल्लास्थित म्याग्दी खोला, मङ्गलाघाट जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गर्ने क्रममा रहेकाले नदी तटीय क्षेत्र, कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन विभागले मध्यरातमा सूचना जारी गर्दै आम जानकारी गराएको छ ।















प्रतिक्रिया दिनुहोस्