रुकुम पूर्वको सदरमुकाम रुकुमकोट तोक्ने निर्णयविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश

काठमाडौं, १६ साउन। सर्वोच्च अदालतले रुकुम पूर्वको सदरमुकाम रुकुमकोट तोक्ने निर्णयविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले रुकुम पूर्वका प्रमुख दलका स्थानीय, प्रदेश र सङ्घका जनप्रतिनिधिहरूले दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी गरेको हो । अदालतले अर्को पेसी साउन २० गतेका लागि तोकेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले साउन ७ गते रुकुम पूर्वको सदरमुकाम सिस्ने गाउँपालिका–५ र ६ स्थित रुकुमकोटमा तोक्ने निर्णय गरेको थियो ।

नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्य कुसुमदेवी थापा, माओवादीबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य सुरुल पुनमगर र दिलकुमारी बुढामगर, पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीमगर र भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले र नेकपा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य सरिता पुनमगरले सरकारको निर्णयविरुद्ध रिट दर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्