बनाउने र भत्काउने खेलमा नभई संगठन बलियो बनाउनेमा माओवादी केन्द्र

काठमाडौं, १६ साउन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउने र भत्काउने खेलमा नभई संगठन बलियो बनाउने विषयमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

शुक्रबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले १० बुँदे ब्रिफिङमार्फत संगठन निर्माणमा पार्टीलाई केन्द्रित बनाउनुपर्ने विषयमा जोड दिएको पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेका १० बुँदे ब्रिफिङ उदृत गर्दै पौडेलले भने, ‘पार्टीको आन्तरिक कुरा पार्टीभित्रै गरौं, बाहिर नलैजाऊँ भन्ने उहाँको कुरा छ । सरकार बनाउनेरभत्काउनेमा अहिले हाम्रो कुनै जमर्को छैन । यो विषयमा नलागौं ।’

पौडेलका अनुसार पार्टीको स्थगित अभियान वर्षा सकिएपछि सुरु गर्ने अध्यक्षको प्रस्ताव छ ।

पार्टीको अभियान सकिएपछि केन्द्रीय कमिटी बैठक बस्ने उनले बताए ।

उनले भने, ‘सो केन्द्रीय कमिटी बैठकले पार्टीको महाधिवेशनको मिति तय गर्छ ।’

समाजवादी मोर्चालाई बलियो बनाउने गरी पार्टी लागिपरेको भन्दै उनले मोर्चाबीच एकीकरणको प्रयास पनि भइरहेको बताए ।

माओवादी पार्टीको स्थायी कमिटी बैठक तीन दिनसम्म चल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्