नाउपाले लालवीर चौधरीलाई पार्टीको अध्यक्ष बनाए

काठमाडौं, १५ साउन । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले लालवीर चौधरीलाई पार्टीको अध्यक्ष बनाएको छ ।

हिजो र आज बसेको पार्टीको राष्ट्रिय भेलाले चौधरीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।

यसअघि हिजो मात्रै पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई अध्यक्ष पदबाट हटाउँदै कारबाही गरेको थियो ।
पटक पटक विवादमा मुछिएकी नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठलाई पदबाट राष्ट्रिय भेलाले हटाए पनि पार्टीभित्रको संकट भने मत्थर नहुने देखिएको छ । पार्टी अध्यक्षलाई पदमुक्त गर्ने र उक्त स्थानमा अर्को व्यक्तिलाई जिम्मेवारी दिने एजेण्डामा नाउपाको बैठक बुधबार र बिहीबार बस्यो ।

बुधबार बसेको बैठकले रञ्जितालाई पदमुक्त गर्न गर्ने निर्णय गरेको थियो । केन्द्रीय सदस्य, संघ र प्रदेशका सांसद, पालिकामा निर्वाचित प्रमुख–उपप्रमुख सहभागी भेलाले रञ्जितालाई अध्यक्षबाट हटाउने निर्णय सर्वसम्मत गरिएको भेलाका संयोजक रामलाल डगौराले दाबी गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्