राष्ट्रियसभामा पेश भएका दुई प्रस्ताव टुङ्ग्याउँदै साउन २३ गतेसम्मका लागि स्थगित

काठमाडौं, १४ साउन। राष्ट्रियसभा बैठकले पेस भएका दुई प्रस्ताव टुङ्ग्याएको छ । बुधबारको बैठकमा पेस भएका दुई प्रस्ताव टुङ्ग्याएको हो ।

बैठकमा राष्ट्रियसभामा अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतीसम्बन्धि प्रतिवेदन स्वीकृत गरेको छ । सर्वसम्मतिले प्रतिवेदन स्वीकृत गरेको हो । प्रतिवेदनमाथि छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएका थिए । त्यसपछि अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिवेदनमा समेटिएका विषय प्राथमिकताका आधारमा कार्यान्वयन गर्दै जान सरकारलाई निर्देशन दिए ।

त्यस्तै बैठकले चलचित्र विधेयक २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पारित गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेस गरेकोको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

राष्ट्रियसभा बैठक साउन २३ गते सम्मका लागि स्थगित भएको छ । अध्यक्ष दाहालले अब बैठक साउन २३ गते बिहान सवा ११ बजे बस्ने घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्