त्रिशुली ३ बी सवस्टेशन र प्रसारण लाइनमा गए रातीको बाढीले पुग्यो क्षति

काठमाडौं, १४ साउन। मंगलबार राती आएको बाढीका कारण त्रिशुली नदी र त्यसआसपासका विद्युत् सवस्टेशन र प्रसारण लाइनमा क्षति पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार, बाढीका कारण त्रिशुली–३ बी सबस्टेशन र त्रिशुली–काठमाडौं प्रसारण लाइनमा समेत क्षति पुगेको हो ।

बाढीले सवस्टेशनको केही भाग बगाएको र प्रसारण लाइनमा समेत क्षति पुर्याएको प्राधिकरणले जनाएको छ । यसअघि पनि त्रिशुली सवस्टेशन र प्रसारण लाइनमा बाढीले क्षति पुर्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्