कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक सुरु

काठमाडौं, १३ साउन। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक सुरु भएको छ ।

निर्धारित समयभन्दा डेढ घण्डा ढिलो गरी बैठक सुरू भएको हो ।

मुख्यमन्त्रीसमेत रहेका दलका नेता बहादुर सिंह लामाविरूद्धको अविश्वासको प्रस्तावका बारेमा छलफल अगाडि बढाइने छ ।

९ साउनमा हेटौंडास्थित प्रदेशसभा सचिवालयमा रहेको कांग्रेस संसदीय दलको कार्यालयमा इन्द्रबहादुर बानियाँसहित २१ जना बहुमत सांसदले लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

२१ जनामध्ये सांसदहरू माया श्रेष्ठ र मिना पराजुलीले भने मुख्यमन्त्री लामाकै पक्षमा रहेको भन्दै अविश्वासको प्रस्ताव फिर्ता लिएका छन् ।

३७ जना सांसद रहेको संसदीय दलमा संसदीय दलको नेता हुन १९ जनाको समर्थन जुटाउन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्